काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही गत पुस मसान्तसम्मको दाबीका लागि निवेदन दिएका बीमितलाई अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन आग्रह गरेको हो ।
बीमितले विभिन्न समयमा दाबीका लागि निवेदन दिएको तर आवश्यक कागजात पेश नभएको र बीमित सम्पर्कमा समेत नआएको भन्दै ३० दिनभित्र अपुग कागजात सहित सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न भनेको हो ।
साथै ३० दिनभित्र पनि बीमित कागजात सहित सम्पर्कमा नआएको खण्डमा सम्बन्धित बीमितको बीमा फाइल बन्द गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्