Skip to content

आज पोखरा फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil bank

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अधिकांश कम्पनीको सेयर मूल्य घटेको दिन एउटा कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट नै लागेको हो ।

आज पोखरा फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । प्रतिकित्ता ४८ रुपैयाँ १० पैसाले घटेर कम्पनीको सेयर मूल्य  ४३३ रुपैयाँ पुगेको छ । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा जानकी फाइनान्स, खानीखोला हाइड्रोपावर, गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३ र रिलाइन्स फाइनान्स रहेका छन् ।

आजको कारोबार बन्द हुँदा जानकी फाइनान्सको सेयर मूल्य पनि ९.३९ प्रतिशत अर्थात् ५८ रुपैयाँले घटेर ५६० रुपैयाँ पुगेको छ । त्यस्तै खानीखोला हाइड्रको सेयर मूल्य ३९ रुपैयाँ ३० पैसाले घटेर ३९० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ९.१५ प्रतिशतले कम हो ।

त्यस्तै आज गुडविल फाइनान्सको डिबेन्चर ९९ रुपैयाँले घटेर १ हजार १९१ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.६७ प्रतिशतले कम हो । रिभर फल्सको सेयर मूल्य पनि आज ७.५७ प्रतिशत अर्थात् ४३ रुपैयाँले घटेर ५२५ रुपैयाँ पुगेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime