काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी नेटा अटोले थाइल्यान्डमा २०२४ को न्युइनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । यस्तै, ग्लोबल ब्रान्ड सेल्समा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको हो। नेटा ब्रान्डल अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ ।
आगामी वर्षमा अझ आक्रमक –पमा आफ्नो उपस्थितिलाई बढाउँदै विश्व बजारमा राम्रो स्थान प्राप्त गर्न सक्ने अनुमान पनि गरिएको छ । नेपालको सन्दर्भमा पनि नेटाको बिक्री तुलनात्मक रूपमा बढ्दै गैरहेको छ भने नेपालमा नेटा अटोको ब्रान्डहरूलाई थप गर्दै अझ बढी सेवा सुविधाका साथ बिक्रीपछिको बजार र सुविधालाई विशेष ध्यानमा राखिँदै आएको कम्पनीको दाबी छ ।
नेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुवै मोडलका कारहरू नेपालमा पनि बिक्री वितरण गर्दै आइरहेको छ । नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन चाहान व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प हो। यसको ४०.७ किलोवाट ब्याट्रीले राम्रो क्षमता प्रदान गर्छ, जबकि ५० किलोवाट मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्छ ।
१२० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तिव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ । नेटा भी छिटो २० मिनेटको चार्जमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ ।
यसमा एकल चार्जमा ३८० बढी किलोमिटर दायरा छ र यो सीएटीएका लिथियम आयरन फस्फेट ब्याट्रीले चल्छ, जसको ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी नेटा एक्स एकल चार्जमा ५०० किमिसम्म यात्रा गर्न सक्छ ।
१८५ मिलिमिटर ग्राउन्ड क्लियरन्स रहेकाले गाडीले चालकलाई सुरक्षा महसुस गराउने कम्पनीको दाबी छ । कम्पनीका अुनसार सीएटीएलका अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित नेटा एक्सले पनि ८ वर्ष वा १ लाख ८० हजार किलोमिटर वारेन्टीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिन्छ ।






प्रतिक्रिया दिनुहोस्