Skip to content

सेयर बजार घट्दा पनि ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक ७ अंकले घटेर बन्द भयो । अधिकांश कम्पनीको सेयर मूल्य घटेको दिन ८८ कम्पनीको सेयर मूल्य बढेर कारोबार भएको थियो । बढेका कम्पनीमध्ये चारवटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

आज बोटलर्स नेपाल बालाजु, विन नेपाल लघुवित्त, मान्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्यमा सर्किट लागेको हो । आजको कारोबार बन्द हुँदा बोटलर्स नेपाल बालाजुको सेयर मूल्य १ हजार ४९० रुपैयाँले बढेर १६ हजार ३९० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै १० प्रतिशतले नै बढेको विन नेपाल लघुवित्तको सेयर मूल्य पनि २७५ रुपैयाँले बढेर ३ हजार २५ रुपैयाँ पुगेको छ ।

त्यस्तै आज मन्दाकिनी हाइड्रोको सेयर मूल्य ८५ रुपैयाँले बढेर ९३५ रुपैयाँ पुगेको छ । यो पनि अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । अपर हेवाखोलाको सेयर मूल्य आज ८४ रुपैयाँ ६० पैसाले बढेर ९३१ रुपैयाँ २० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो ।

आज धेरै बढ्ने कम्पनीको शीर्ष पाँच कम्पनीमा एनआईसी एसिया सेलेक्ट फण्ड ३० रहेको छ । यो कम्पनीको सेयर मूल्य ९.०९ प्रतिशत अर्थात् ०.८३ रुपैयाँले बढेर ९ रुपैयाँ ९६ पैसा पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime