काठमाडौं । बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव ६९ अंकले बढेको हो । अघिल्लो दिनको प्रि ओपन सेसनमा सोही अंकले नेप्से बढेको थियो ।
सेयर करोबार हुने साताको अन्तिम दिनको प्रि ओपन सेसन पछि नेप्से परिसूचक २५९८ दशमलव ६६ विन्दुमा पुगेको छ । त्यस्तै आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ४० अंकले बढेर ४३९ दशमलव ४१ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यो सेसनमा साढे ३ करोड माथिको कारोबार भएको छ ।
आज प्रि ओपन सेसनमा ५३ कम्पनीका ५५ हजार ६८७ कित्ता सेयर ११८ पटक खरिद बिक्री हुँदा ३ करोड ५६ लाख १४ हजार ६५१ रुपैयाँ ३० पैसाको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्