काठमाडौं । बिहीबारको सेयर कारोबार जारी रहँदा मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समग्र बजार घटेर कारोबार भइरहेको अवस्थामा पनि यो कम्पनीको सेयर मूल्यमा भने सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य ८५ रुपैयाँले बढेर ९३५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको कारोबार भन्दा १० प्रतिशतले धेरै हो । कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशत वृद्धि भएमा सकारात्मक सर्किट लागेर कारोबार बन्द हुन्छ । त्यस्तै १० प्रतिशतले मूल्य घटेको खण्डमा भने नकारात्मक सर्किट लागेर कारोबार बन्द हुन्छ ।
यो अवस्थामा समग्र बजार परिसूचक भने २ दशमलव ५८ अंकले घटेर २५९३ दशमलव ३७ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १ अर्ब ८३ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्