Skip to content
Prabhu

पोखरा फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । पछिल्लो समय खराब अवस्थाको सामना गरिरहेको पोखरा फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएर सर्किट लागेको हो ।

कम्पनीको सेयर मूल्य ४८ रुपैयाँ १० पैसाले घटेर ४३३ रुपैयाँ पुगेको छ । पछिल्लो समय यो फाइनान्सलाई राष्ट्र बैंकले समस्याग्रस्थ घोषणा गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा फाइनान्सले १४.४४ प्रतिशत खराब कर्जा देखाएकोमा राष्ट्र बैंकले प्रकाशित गरेको विवरणमा ४१.०७ प्रतिशत पुगेको देखिएको छ ।

global
अर्घाखाँची सिमेन्ट

यो अवस्थामा सेयर बजार परिसूचक पनि २ दशमलव ८५ अंकले घटेर २५९३ दशमलव १० विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा २ अर्ब ८२ करोड माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal