काठमाडौं । आजको सेयर कारोबार जारी रहँदा विन नेपाल लघुवित्तको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । बिहीबारको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य २७५ रुपैयाँले बढेर ३ हजार २५ रुपैयाँ पुगेको छ । यो अवस्थामा समग्र सेयर बजार भने घटेको छ । सेयर बजार परिसूचक भने यो अवधिमा ४ दशमलव ७० अंकले घटेर २५९१ दशमलव २५ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ३ अर्ब १३ करोड बढीको कारोबार भएको छ । यस अघि बोटलर्स नेपाल बालाजु र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्