काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आगामी आइतबार बाँडफाँट हुने भएको छ । पुस २१ गतेदेखि बिक्री खुला गरेको आईपीओ माघ ६ गते आइतबार बाँडफाँट हुने भएको हो ।
उक्त आईपीओ कुमारी क्यापिटलको कार्यालयमा विहान ९ बजे बाँडफाँड हुने बताइएको छ । कम्पनीले धितोपत्र बोर्डबाट चुक्तापुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गर्ने अनुमति पाएको थियो । कम्पनीले दोस्रो चरणमा ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता आफ्ना कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।
निष्काशनको अन्तिम दिन आईपीओमा १३ गुणा बढी आवेदन परेको थियो । डीएससीको तथ्यांकअनुसार अन्तिम समयसम्मा १९ लाख ६ हजार ७८४ जनाले २ करोड ५१ लाख ९० हजार ३६० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जुन मागको भन्दा १३.६५ गुणाले बढी हो । मागभन्दा बढी आवेदन परेकाले आईपीओ गोलाप्रथाको माध्यमबाट बाँडफाँड हुनेछ । यस हिसावमा १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले सेयर पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्