Skip to content

बजार सुनिश्चित छ, उर्जा क्षेत्रमा लगानी गर्नुहोस् : उर्जा मन्त्री खड्का

nabil bank

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले उर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । मन्त्री खड्काले शुक्रबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को रजत जयन्ती समारोहमा बोल्दै निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्नका लागि आग्रह गरेका हुन् ।

‘उर्जा विकासमा भएका अवरोधलाई सरकारले फुकाउदै अगाडि बढ्ने छ । हामी निजी क्षेत्रसँग मिलेर अगाडी बढ्ने हो । डर नमानी, खुट्टा नकमाई जलविधुतमा लगानी गर्नुहोस्,’ उनले भने । जलविद्युत् क्षेत्रमा लगानी गर्न डराउनु पर्ने अवस्था नरहेको उनको भनाइ थियो । ‘बजार सुनिश्चित रहेकाले ढुक्कले लगानी गर्नुहोस् । आन्तरिक खपतलाई पहिलो प्राथमिकता दिएका छौं । बाँकी रहेको मात्रै बिजुली बेच्ने हो,’ उनले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime