Skip to content

बैंक तथा वित्तीय संस्थाको निक्षेप करिब ६७ खर्ब, कर्जा प्रवाह ५३ खर्ब

nabil bank

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निपेक्ष रकम करिब ६७ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार वाणिज्य, विकास बैंक र फाइनान्स कम्पनीमा गरी ६६ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको हो ।

उक्त निक्षेप नेपाल राष्ट्र बैंकले पछिल्लो पटक अद्यावधिक गरेको विवरण अनुसार २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूको हो । बैंकिङ क्षेत्रमा कायम रहेको कुल निक्षेप रकममध्येमा वाणिज्य बैंकहरूमा मात्र कुल ५९ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ । यसबाहेक विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल निक्षेप रकम पनि पछिल्लो अवधिमा ७ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा हाल कायम रहेको कुल कर्जा रकम भने ५३ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । उक्त कर्जामध्येमा वाणिज्य बैंकहरूको कुल कर्जा रकम ४७ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल कर्जा रकम ६ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ । बैंकिङ क्षेत्रमा हाल कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सिडी रेसियो) भने ७९ दशमलव २० प्रतिशत रहेको छ ।

सोअनुसार बैंकिङ क्षेत्र अहिले पनि ६ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छ । क्षमता भएर पनि बजारमा अहिले कर्जाको माग नहुँदा वित्तीय क्षेत्रमा पछिल्लो समय अधिक तरलता बढ्दै गएको हो । यो अवधिमा अन्तर बैंकिङ ब्याजदर ३ प्रतिशत रहेको छ ।
सोही अधिक तरलतालाई नियन्त्रणमा राख्नको राष्ट्र बैंकले अल्पकालीन अवधिको निक्षेप उपकरण जारी गरेर अधिक तरलता खिच्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime