काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त बिजुली नभएकाले रासायनिक मल कारखाना खोल्न नसकिएको बताएका छन् । शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले जलविद्युत आयोजनामा स्वदेशी लगानी जुटाउन निजी क्षेत्रलाई आग्रह समेत गरे । ‘वैदेशिक लगानी खास नियमभित्र राखेर बोलाउँछौं । जलविद्युतमा नेपाली लगानी नै बढिरहेको छ । हामी आफैं लगानी गर्ने हो भने अप्ठेरोमा परिँदैन । हामी नै लगानी गर्न जुटौं,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले जलविद्युत आयोजनाका लागि स्वदेशी लगानी जुटाउन निजी क्षेत्रसँग आग्रह गरे ।
पेट्रोल आयात कम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले आयातित फ्युल विस्थापित गर्ने योजनासमेत सुनाए । साथै विकासको गति तीव्र हुने उनले आश्वासन दिए । ‘अध्यादेशले शासन चलाउन खोजे भनेर कतिले विरोध गरेका छन् । संसद बस्न अझै समय लाग्छ । २ महिना ढिला हुने भएकाले चाँडो काम गर्न यो ल्याइएको हो’, प्रधानमन्त्री ओलीले भने, ‘अध्यादेश छुट्टै पृथक होइन ।’






प्रतिक्रिया दिनुहोस्