काठमाडौंमा । होटल संघ नेपालले होटललाई उद्योगको मान्यता दिने दिने कार्य स्वागतयोग्य रहेको बताएको छ । संघको माघ २ गते सम्पन्न होटल संघ नेपालको ४९औं वार्षिक साधारणसभाले नेपाल सरकारले जारी गरेको ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ ले ‘तारे स्तरको होटल तथा पर्यापर्यटन रिसोर्ट’लाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग’मा सूचीकृत गरेकोमा स्वागत गरेको हो ।
दशकौं अघिदेखि होटललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता प्राप्त गर्नका लागि संघले गरेको अथक प्रयास र पहल सम्बोधन भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी संघको ४९औं वार्षिक साधारणसभाले होटल संघ नेपालको विधानलाई संशोधन गरी सातै प्रदेश र ७७ जिल्लामा संघको सक्रिय उपस्थिति सहित सेवा प्रवाहको प्रभावकारिताको लागि संघीय संरचनामा लैजाने प्रस्ताव पनि पारित गरेको छ । सोही अवसरमा होटल संघ नेपालले सत्कार दिवस २०२५ को पनि आयोजना गरेको थियो ।






प्रतिक्रिया दिनुहोस्