Skip to content

पुससम्म बागमती प्रदेश सरकारको १६ प्रतिशत बजेट खर्च

काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । बागमती प्रदेश सरकारको पुससम्ममा कूल बजेटको करिब १६.२७ प्रतिशत मात्र खर्च भएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार १० अर्ब ५० करोड २९ लाख ९ हजार रुपैयाँ मात्रै खर्च भएको छ । प्रदेश सरकारले चालु आवका लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको थियो । खर्च भएको बजेटमा पन िचालुको तुलनामा पुँजीगत खर्च कम भएको पौडेलको भनाइ छ ।

Hyundai

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४१.५६ प्रतिशत, प्रदेशसभा सचिवालयले २८.३६ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले ४.६ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्