Skip to content

गुराँस लघुवित्तको नाफा दोब्बर वृद्धि

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले सार्वजनिक गरेको छ। सो वित्तीय विवरणअनुसार गत आवको पुस मसान्तको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद नाफा १०० प्रतिशतले वृद्धि भएको छ।

चालू आवको पुस मसान्तसम्म यस कम्पनीले १ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जबकि गत आवको यसै अवधिमा कम्पनीको खुद नाफा ७७ लाख रुपैयाँ मात्रै थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा पनि ७९ लाख रुपैयाँबाट वृद्धि भएर २ करोड ४५ लाख रुपैयाँ पुगेको छ। यसै अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९५।३४ प्रतिशतले वृद्धि भएर ५ करोड ६४ लाख रुपैयाँ पुगेको छ, जुन गत आवमा २ करोड ८९ लाख रुपैयाँ थियो।

गत आवको पुस मसान्तसम्म कम्पनीले ४ करोड २९ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो, जुन चालू आवको सोही अवधिमा बढेर ७ करोड १३ लाख रुपैयाँ पुगेको छ।

यस्तै समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ३.७५ प्रतिशतबाट घटेर २.७८ प्रतिशतमा झरेको छ। प्रतिशेयर आम्दानी (ईपीएस) २६.७० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३६.८३ रुपैयाँ रहेको छ। कम्पनीको चुक्ता पुँजी ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ भने जगेडा कोषमा ४ करोड २६ लाख रुपैयाँ रहेको छ। कम्पनीको आधार दर १३.०६ प्रतिशत छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life