Skip to content

नबिल बैंकको सहकार्यमा टोखा नगरपालिकामा कर्जा सदुपयोगितासम्बन्धी अन्तर्क्रिया सम्पन्न

nabil bank

काठमाडौं । नविल बैंकको काठमाडौंको टोखा नगरपालिकामा कर्जा सदुपयोगिताबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो बैंकको सहकार्यमा टोखा विकास अनुसन्धान समाज टोखा–१० को आयोजनामा शनिबार एकदिने कर्जा सदुपयोगिता सम्बन्धी न्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सो अन्तरक्रियामा कर्जा किन लिने ? कति लिने ? कहाँबाट लिने ? जे कामका लागि लिइएको हो सोही काममा प्रयोग गर्नुपर्ने, प्रयोग नगर्दा हुने समस्या सम्बन्धमा निक्षेपकर्ता संस्था र ऋणीहरुबीचमा छलफल भएको थियो ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रियामा ऋषि वाग्ले र अनुराग ज्ञवालीले कर्जा सदुपयोगिता सम्बन्धी प्रशिक्षण दिएका थिए ।

छलफलबाट प्राप्त राय सुझावसम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुलाई प्रतिवेदनमार्फत उपलब्ध गराउने टोखा विकास अनुसन्धान समाज टोखा –१० का अध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका पूर्वसञ्चालक रामजी रेग्मीले जानकारी दिए।

यस्तै, अन्तरक्रिया उठेका राय सुझावलाई निक्षेपकर्ता र ऋणीहरुलाई कर्जा सदुपयोगिताका सम्बन्धमा कायम रहेका नीतिगत व्यवस्थाहरु निर्देशनहरुबारे जानकारी गराउने बताइएको छ । छलफलबाट उठेका प्रश्नको समाजका अध्यक्ष एवम् राष्ट्र बैंकका पूर्वसञ्चालक रामजी रेग्मीले उत्तर दिएका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime