Skip to content
Prabhu

सुपर मादी हाइड्रोपारको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा मादी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा पहिलो ४५ मिनेटमै यो कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य १६४ रुपैयाँले घटेर १ हजार ४७६ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिन भन्दा १० प्रतिशतले कम हो । कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएमा सकारात्मक र १० प्रतिशतले घटेको खण्डमा नकारात्मक सर्किट लागेर कारोबार बन्द हुन्छ ।

यो अवस्थामा सेयर बजार परिसूचक पनि १ दशमव ३४ अंकले घटेर २५८७ दशमलव २८ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १ अर्ब ३३ करोड माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal