Skip to content
Prabhu

८ करोड लागतमा जिससको भवन निर्माण

नवलपरासी । झण्डै ८ करोड रुपैयाँ लागतमा जिल्ला समन्वय समिति (जिसस) पश्चिम नवलपरासीको प्रशासनिक भवन निर्माण भएको छ । रामग्राम नगरपालिका–४ स्थित दुई बिघा दस कठ्ठामा भवन निर्माण भएको छ ।

जिससको कामकाज यसअघि भाडाको भवनमा रहेको कार्यालयबाट भएको जिसस प्रमुख भगौतीप्रसाद यादवले बताए । उनले जिससको नवनिर्मित भवन नजिकै १६ करोड रुपैयाँ लागतमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माणको समेत योजना बनाइएको बताए । यद्यपि अहिले स्रोत व्यवस्थापनको काम भइरहेको उनको भनाइ छ ।

भगवान बुद्धको अष्टधातु भएको रामग्राम स्तूपदेखि करिब तीन किलोमिटर उत्तरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आवश्यकता भएसँगै निर्माणको तयारी सुरु गरिएको उनले बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal