Skip to content
Prabhu

सुप्रिम सहकारी ठगी प्रकरण : रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४२ जनालाई अभियुक्त बनाउँदै रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन अभियोगमा आइतबार मुद्दा दर्ता गरिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले लामिछानेसहित ४२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको हो । मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीले बताइन् ।

सुप्रिम सहकारीमार्फत लामिछानेका नाममा २ करोड रुपैयाँ लिएको भौचर भेटिएको थियो ।चितवन प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बुझाइसकेको छ । पर्सामा भने प्रहरी अनुसन्धान जारी छ ।

काठमाडौं र कास्की जिल्ला अदालतबाट यसअघि लामिछानेलाई धरौटीमा छाड्ने आदेश भइसकेको छ । रुपन्देहीबाहेक उनीविरुद्ध चितवन र पर्सामा मुद्दा दायर हुन बाँकी छ ।चितवन प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बुझाइसकेको छ । पर्सामा भने प्रहरी अनुसन्धान जारी छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal