काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ को बिन्दुमा पुगेर बजार बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स २.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक बढेको छ।
आज ३२५ कम्पनीको १ करोड २९ लाख ८२ हजार ६ सय १९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
१७१ कम्पनीको सेयर मूल्य बढ्दा आज ६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक कारोबार भएके छ । कम्पनीको २६ करोड ८५ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार १ सय ३९ रुपैयाँ पुगेको छ ।
आज नेप्से दोहोरो अंकले बढे पनि एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्