Skip to content

कृषि विकास बैंकलाई अर्थमन्त्रीको निर्देशन : उत्पादकत्व र रोजगारी बृद्धिमा लगानी गर्नुहोस्

nabil bank

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कृष विकास बैंकलाई उत्पादन र रोजगारी बृद्धिमा लगानी गर्न निर्देशन दिएका छन् । आज बैंकको ५८ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले रोजगारी बृद्धिमा बैंकको भूमिका महत्वपूर्ण हुनु पर्ने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले पछिल्लो समय डिस्पर्स र निक्षेपको अनुपात नमिलेको बताउँदै सुधार गर्न समेत भनेका छन् । अर्थमन्त्री पौडेलले कर्मचारी र व्यवस्थापन सबैलाई मिलेर बैंकलाई उत्कृष्ट बैंक बनाउन भूमिका खेल्न आह्वान गरेका छन् । ‘उत्पादकत्व र रोजगारी सिर्जना हुने ठाउँमा बैंकले आउँदो दिनको लगानी गर्नुपर्छ । बैंकमा निक्षेप संकलन राम्रो छ तर, त्यसलाइ लगानी गर्न कठिन छ । यस्ता समस्यालाइ समाधान गर्न मन्त्रालय सधै तत्पर रहने छ’ पौडेलले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime