Skip to content

तीन महिला बन्धक रिहा, कसरी हुन्छ इजरायल–हमासबीचको सहमति कार्यान्वयन

nabil bank
एजेन्सी । इजरायली सरकारले गाजा क्षेत्रमा युद्धविराम र प्यालेस्टिनी कैदीहरूको सट्टा इजरायली बन्धकहरूको रिहाइका लागि हमाससँग भएको सम्झौतामा स्वीकृति प्रदान गरेको छ, जसपछि आइतबार युद्धविराम लागू भएको छ ।
करिब १५ महिनासम्म चलेको युद्धमा यसलाई अहिलेसम्मको सबैभन्दा महत्वपूर्ण सफलता मानिएको छ । यो युद्ध सन् २०२३ को अक्टोबर ७ मा सुरु भएको थियो, जब हमासको नेतृत्वमा रहेका सशस्त्र प्यालेस्टिनी समूहहरूले इजरायलमा आक्रमण गरेका थिए ।
युद्धविराम आइतबार स्थानीय समयअनुसार बिहान ८ः३० बजे लागू हुने भनिएको थियो, तर यसलाई बिहान ११ः१५ सम्मका लागि स्थगित गरिएको थियो ।
इजरायलले भनेको थियो कि हमासले सम्झौताको पहिलो चरणमा रिहा गरिने बन्धकहरूको सूची इजरायललाई बुझाओस् । त्यस्तै, हमासले ढिलाइका लागि प्राविधिक कारणहरू जिम्मेवार भएको बतायो ।
तीन बन्धक रिहा
युद्धविराम सहमतिको कार्यान्वयन गर्दै हमासले तीन जना महिला बन्धकलाई रिहा गरेको छ । पश्चिम गाजा सिटीमा तीन जना महिलालाई रेडक्रसको जिम्मा लगाइएको थियो । रिहा हुनेमा २४ वर्षे रोमी जोनन, ३१ वर्षे नर्स डोरोना स्टेन्ब्रेचर र बेलायती–इजरायली नागरिक २८ वर्षे एमिली दमारी छन् ।
हमास र इजरायलबीचको सम्झौता के हो?
दुवै पक्षबीच सम्झौता भएको खबर बुधबार कतारले दिएको थियो, जसले यस सम्झौताका लागि मुख्य मध्यस्थको भूमिका खेलेको थियो । कतारको अतिरिक्त अमेरिका र इजिप्टले पनि मध्यस्थको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
यद्यपि अहिलेसम्म न त इजरायली वार्ताकारहरूले र न त हमासका वार्ताकारहरूले औपचारिक रूपमा यो बताएको छ कि सम्झौतामा के के कुरा समावेश छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि भनेका थिए कि “यस सम्झौतापछि गाजामा युद्ध समाप्त हुनेछ र त्यहाँका प्यालेस्टिनी नागरिकहरूसम्म राहत सामग्री पु¥याउन सकिनेछ, जसको तिनीहरूलाई कडा आवश्यकता छ ।”
साथै उनले१५ महिनापछि इजरायली बन्धकहरू जेलबाट छुट्नेछन् र आफ्ना परिवारजनहरूसँग भेट्न सक्नेछन् भनेका थिए ।
यसको एक दिनपछि अर्थात् जनवरी २० मा जो बाइडेनले राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पलाई हस्तान्तरण गर्न लागेका छन् । हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । यस दौरान हमासका लडाकूहरूले २५१ इजरायलीलाई बन्धक बनाएर लगेका थिए । अझै पनि हमासको कब्जामा ९४ बन्धक रहेको मानिन्छ । यद्यपि इजरायलको विश्वास छ कि अब केवल ६० बन्धक मात्र जीवित छन् ।
हमासले भनेको छ कि प्रत्येक बन्धकलाई रिहा गरिएपछि, त्यसको बदला इजरायली जेलहरूमा रहेका ३० प्यालेस्टिनी कैदीलाई रिहा गरिनेछ ।
शनिबार इजिप्टले भनेको थियो कि सम्झौता अनुसार युद्धविरामको पहिलो चरणमा छ हप्तामा इजरायलले कुल एक हजार ८९० प्यालेस्टिनीलाई रिहा गर्नेछ ।
युद्धविरामको पहिलो दिन हमासले तीन महिला बन्धकलाई रिहा गर्नेछ । साथै, उसले भनेको छ कि यसको बदला इजरायली जेलहरूमा रहेका ९० प्यालेस्टिनी कैदीलाई रिहा गरिनेछ ।
युद्धविराम कसरी लागू हुनेछ ?
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले भनेका छन् कि इजरायल र हमास तीन–चरणीय सम्झौतामा सहमत भएका छन्, जसले आइतबारदेखि लागू हुनेछ ।
सम्झौतामा के–के समावेश छन् ?
पहिलो चरण
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार सम्झौतामा सहमति जनाउँदै भनेका थिए कि पहिलो चरण ४२ दिन अर्थात् छ हप्तासम्म चल्नेछ र यसमा पूर्ण युद्धविराम हुनेछ ।
शेख मोहम्मदले भनेका थिए कि हमासले ३३ इजरायली बन्धकलाई रिहा गर्नेछ, जसमा महिला, महिला सैनिक, बालबालिका, वृद्ध, बिरामी र घाइते नागरिक सामेल हुनेछन् । उनले भनेका थिए कि यसको बदला इजरायली जेलहरूमा रहेका धेरै प्यालेस्टिनी कैदीलाई रिहा गरिनेछ ।
इजरायली सरकारका प्रवक्ताले यसअघि भनेका थिए कि ३३ बन्धकमध्ये अधिकांश अझै जीवित छन् ।
एक प्यालेस्टिनी अधिकारीले यसअघि पहिलो दिन तीन बन्धकलाई रिहा गरिनेछ, जबकि बाँकी आदानप्रदान छ हप्ताको दौरान नियमित अन्तरालमा हुनेछ ।
बाइडेनले भनेका थिए कि पहिलो चरणको समयमा इजरायली सैनिक गाजाका सबै जनसंख्या भएका क्षेत्रबाट बाहिरिनेछन्, जबकि प्यालेस्टिनीहरू आफ्ना छिमेकका क्षेत्रहरूमा फर्कन सक्नेछन् ।
दोहामा वार्तामा सामेल एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले भनेका थिए कि सम्झौताका सर्त अनुसार, हमास प्रहरी आफ्नो आधिकारिक निलो पोशाकमा दक्षिण गाजाबाट उत्तरतर्फ विस्थापित व्यक्तिको आवाजाही व्यवस्थापन गर्नेछ । यस दौरान उनीहरू इजरायली सुरक्षाबलहरूसँग नजिक जाने छैनन् ।
यस कुरामा पनि सहमति भएको छ कि सुरक्षाकर्मीहरूले अति आवश्यक भएमा मात्र हतियार बोक्नेछन् ।
गाजामा इजरायलका निरन्तर आक्रमणहरू र ठूलो जनसंख्या भएका क्षेत्रहरू खाली गर्न आदेश दिइएको कारण यहाँका लगभग २३ लाख व्यक्तिले आफ्नो घर छोडेका छन् ।
शेख मोहम्मदले भनेका थिए कि गाजामा मानवीय सहायता पु¥याउनमा पनि वृद्धि हुनेछ । यहाँ प्रत्येक दिन सयौं ट्रकहरूलाई पुग्ने अनुमति दिइनेछ ।
साथै अस्पताल, क्लिनिक र बेकरीहरूको पुनर्वास पनि गरिनेछ।
प्यालेस्टिनी अधिकारीले यसअघि भनेका थिए कि दोस्रो र तेस्रो चरणका लागि विस्तृत वार्ता युद्धविरामको १६ औं दिन सुरु हुनेछ । बाइडेनले भनेका थिए कि युद्धविराम त्यतिन्जेल कायम रहनेछ जबसम्म वार्ता चल्नेछ ।
दोस्रो चरण
अमेरिकी राष्ट्रपति जो बाइडेनका अनुसार दोस्रो चरणमा युद्धको स्थायी अन्त्य हुनेछ । बाँकीका जीवित बन्धकहरू थप प्यालेस्टिनी कैदीहरूको बदला रिहा गरिनेछ ।
तेस्रो चरण
तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माण समावेश हुनेछ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime