Skip to content

नेपाल बैंकको नाफा २१ प्रतिशत घट्यो, अन्य अवस्था कस्तो ?

nabil bank

काठमाडौं । नेपाल बैंक लिमिटेडको नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा २१ प्रतिशतले घटेको छ । बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा २१.८७ प्रतिशतले घटेको हो ।

बैंकले चालु आर्थिक वर्षको ६ महीनासम्म ४६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आवको यही अवधिमा ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । विवरण अनुसार बैंकको इम्पेयरमेन्ट चार्ज बढेको र सञ्चालन नाफामा संकुचन आएपछि खुद नाफा प्रभावित भएको छ । गत आवको बैंकको इम्पेयरमेन्ट चार्ज २१.६७ प्रतिशतले बढेर चालु आवमा २ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ४५.३५ प्रतिशतले घटेर ४१ करोड ६७ लाख रुपैयाँमा झरेको छ, जुन गत आवमा ७६ करोड २५ लाख रुपैयाँ थियो । चालु आवमा बैंकको खुद ब्याज आम्दानी समेत सामान्य घटेर ४ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.४९ प्रतिशतले बढेर ४.९९ प्रतिशत कायम भएको छ । बैंकको आधार दर ६.१६ प्रतिशत छ भने प्रतिसेयर आम्दानी ६.२७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २६१.९६ रुपैयाँ छ।

१४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको रिटेन्ड अर्निङमा ६० करोड ७१ लाख रुपैयाँ र रिजर्भमा २३ अर्ब १९ करोड रुपैयाँ सञ्चिति रहेको छ। बैंकद्वारा ग्राहकमा प्रवाहित कर्जा २ खर्ब ९ अर्ब २७ करोड ९० लाख रुपैयाँ छ भने निक्षेप संकलन ३ खर्ब ५ अर्ब ९८ करोड ३४ लाख रुपैयाँ रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime