काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा छापावाला सुन प्रतितोला १ लाख ५७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन चाँदीको खरिदबिक्री आइतबार कायम मूल्यलाई आधार मानेर कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ८६० रुपैयाँमा किनबेच भईरहेको छ ।






प्रतिक्रिया दिनुहोस्