Skip to content

६ महिनामा पेट्रोल र डिजेलकै  आयातमा खर्च भयो साढे ८६ अर्ब

nabil bank

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ८६ अर्ब ५१ करोड ५८ लाख रुपैयाँको डिजेल र पेट्रोल  आयात भएको छ ।

भन्सार विभागका अनुसार सो अवधिमा ३२ अर्ब १४ करोड ९३ लाख रुपैयाँको ३ लाख ७२ हजार ४०९ किलोलिटर पेट्रोल आयात भएको हो ।

त्यस्तै ६ महिनाको अवधिमा ५४ अर्ब ३६ करोड ६५ लाख रुपैयाँको ६ लाख १० हजार ९४३ किलोलिटर डिजेल आयात भएको छ ।

डिजेल र पेट्रोल आयातबाट राज्यलाई ४५ अर्ब ३६ करोड ६ लाख रुपैयाँ भन्सार राजस्व प्राप्त भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime