Skip to content
Prabhu

५७ प्रतिशतले बढ्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा, खराब कर्जा ५.८६ प्रतिशत

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा अनुपात ५ प्रतिशत कटेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार खराब कर्जा ५.८६ प्रतिशत पुगेको छ । गतवर्ष यही समयमा बैंकको खराब कर्जा अनुपात ४.७५ प्रतिशत थियो ।

बैंकले दोस्रो त्रैमाससम्ममा २ अर्ब ८३ करोड नाफा गरेको छ । गतवर्ष पुस मसान्तसम्ममा बैंकको नाफा १ अर्ब ८० करोड थियो । बैंकले ५७ प्रतिशतले गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा नाफा बढाएको हो ।

global
अर्घाखाँची सिमेन्ट

नाफा बढेपनि दोस्रो त्रैमाससम्मको नाफाको आधारमा हेर्दा बैंकको सेयरधनीलाई वितरण गर्न मिल्ने मुनाफा ऋणात्मक रहेको छ । बैंकको पुँजीकोष अनुपात भने सहज अवस्था देखिएको छ । १२.९५ प्रतिशत पुँजीकोष अनुपात बैंकको रहेको छ । जसमा प्राथमिक पुँजीकोष अनुपात १०.०५ प्रतिशत छ ।

३४ अर्ब १२ करोड रहेको चुक्ता पुँजी रहेको बैंकमा रिजर्बमा ३१ अर्ब छ भने रिर्टन अर्निङ २ अर्ब ८६ करोडले ऋणात्मक छ । बैंकमा ४ खर्ब ४० अर्ब निक्षेप रहेको छ भने कर्जा ३ अर्ब २८ करोड रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal