Skip to content
Prabhu

कुमारी बैंकका सेयरधनीले आगामी वर्ष समेत लाभांश नपाउने, खराब कर्जा ७ प्रतिशत नजिक

काठमाडौं । कुमारी बैंकले सेयरधनीलाई आगामी वर्ष समेत लाभांश दिन नमिल्ने भएको छ ।

बैंकले ६ महिनामा वित्तीय विवरण सुधार गरेपनि प्राथमिक पुँजीकोष अनुपात साढे प्रतिशतभन्दा तल आएको कारण सेयरधनीले लाभांशको लागि अझै २ वर्ष कुर्नुपर्ने भएको हो । बैंकको प्राथमिक पुँजीकोष अनुपात ७.२३ प्रतिशत छ । गतवर्ष बैंकको प्राथमिक पुँजीकोष अनुपात ८.०३ प्रतिशत थियो ।

global
अर्घाखाँची सिमेन्ट

ऋण नउठेको कारण कुमारी बैंकको खराब कर्जा अनुपात ७ प्रतिशतको नजिक पुगेको छ । पुस मसान्तमा बैंकको खराब कर्जा अनुपात ६.९६ प्रतिशत छ ।

बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २७ करोड नाफा गरेको छ । गतवर्ष बैंकको नाफा ८६ करोड थियो । २६ अर्ब २२ करोड चुक्ता पुँजी भएको बैंकको रिर्टेन अर्निङ ६ अर्ब ४७ करोडले ऋणात्मक रहेको छ । ३ खर्ब ४८ अर्ब निक्षेप रहेको कुमारी बैंकले पुस मसान्तसम्म २ खर्ब ७५ अर्ब कर्जा दिएको छ । गतवर्ष पुस मसान्तसम्म बैंकले ३ खर्ब ३३ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ६८ अर्ब कर्जा दिएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal