काठमाडौं । ग्लोबल आइएमई बैंकले नाफा ५० प्रतिशतले बढाएको छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब ५ करोड नाफा गरेको छ । गतवर्ष ६ महिनामा बैंकको नाफा २ अर्ब ४ करोड थियो ।
अरु बैंकको जस्तै ग्लोबलको पनि खराब कर्जा बढेको छ । गतवर्ष ४.६८ प्रतिशत रहेको खराब कर्जा अनुपात यो वर्ष बढेर ४.८६ प्रतिशत पुगेको छ ।
बैंकको पुँजीकोष अनुपात भने सहज अवस्थामा नै छ । पुँजीकोष अनुपात १२.५९ प्रतिशत भने भने प्राथमिक पुँजीकोष अनुपात १०.१६ प्रतिशत रहेको छ ।
३८ अर्ब ११ करोड चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैंकमा निक्षेप ५ खर्ब १३ अर्ब छ भने कर्जा ४ खर्ब ७ अर्ब छ । बैंकमा गतवर्षसम्म निक्षेप ४ खर्ब ८७ अर्ब निक्षेप तथा कर्जा ३ खर्ब ६९ अर्ब थियो ।
प्रतिक्रिया दिनुहोस्