काठमाडौं । कामना सेवा विकास बैंकले २८ प्रतिशतले नाफा बढाउन सफल भएको छ ।
बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३२ करोड २४ लाख नाफा गरेको छ । गत आर्थिक वर्षको ६ महिनामा बैंकको नाफा २५ करोड ८९ लाख थियो ।
बैंकले एकवर्षमा निक्षेप तथा कर्जा समेत बढाएको छ । ३ अर्ब ५१ करोड चुक्ता पुँजी रहेको कामना सेवा विकास बैंकमा पुस मसान्तसम्म ६१ अर्ब निक्षेप तथा कर्जा ४८ अर्ब रहेको छ । गतवर्ष पुस मसान्तसम्म बैंकमा ५९ अर्ब निक्षेप थियो भने कर्जा ४५ अर्ब रहेको थियो ।
बैंकको गतवर्षको तुलनामा कर्जाको न्यूनतम आधार दर(बेसेरेट) समेत घटेको छ । गतवर्ष ११ प्रतिशत रहेको बेसरेट यो वर्ष घटेर ७.७२ प्रतिशतमा आएको छ । ८५.९९ प्रतिशत कर्जा निक्षेप अनुपात रहेको बैंकको स्प्रेडरेट ४.५९ प्रतिशत छ ।
खराब कर्जा अनुपात ४.३५ प्रतिशत रहेको बैंकको प्रतिसेयर आम्दानी १८.३७ रुपैयाँ छ । चालु आर्थिक वर्षको ६ महिनाको नाफाबाट बैंकले सेयरधनीलाई ३७ करोड रुपैयाँ वितरण गर्न मिल्ने नाफाको लागि छुट्याएको छ ।
प्रतिक्रिया दिनुहोस्