काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका–३, नदीपुर, कास्कीस्थित नेपाल–भारत मैत्री पुस्तकालयलाई सहज रुपमा सञ्चालन गर्न नेपाल–भारत मैत्री संघ, कास्कीलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सो सहयोग रकम बैंकका गण्डकी प्रदेश प्रमुख, मिनबहादुर गरुङले संघका अध्यक्ष, गोपाल धोजुलाई औपचारिक रुपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा लेफ्टिनेन्ट कर्नल, प्रसान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरु समेतको उपस्थिति थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ।
हाल बैंकले १ सय शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १ सय २२ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्