काठमाडौं । हिमालयन बैंक र बुद्ध एयरबीच बैंकका ग्राहकहरूलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाई टिकटहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त बैंक र बुद्ध एयरबीच भएको उक्त सम्झौताअनुसार बुद्ध एयरले बैंकका ग्राहकहरुलाई हवाई टिकटहरुमा ८ प्रतिशतसम्म छुट प्रदान गर्ने छ ।
हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बैंकको ग्राहकले बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रिपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।
बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले अन्य स्थानहरुमा प्राप्त गर्न सक्ने छुटहरुका बारेमा जानकारीका लागि https:// www.himalayanbank.com/en/offers मा हेर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस्