Skip to content

आज धेरै मूल्य बढ्ने शीर्ष ५ कम्पनी

काठमाडौं । आज सेयर बजार सामान्य अंकले बढेर बन्द भयो । सेयर बजारमा कारोबार भएका कम्पनीहरुमध्ये ११८ कम्पनीको सेयर मूल्य बढेको दिन एउटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको हो ।

आजको कारोबार बन्द हुँदा मानुषी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.०५ प्रतिशतले वृद्धि भएको हो । यो कम्पनीको सेयर मूल्य १९३ रुपैयाँले बढेर २ हजार ३२५ रुपैयाँ पुगेको छ । त्यस्तै आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा रिभरफल्स पावर, दोल्ती पावर कम्पनी, मध्येभोटेकोशी जलविद्युत् कम्पनी र बाराही हाइड्रोपावर पब्लिक लिमिटेड छन् ।

Hyundai

आज रिभर फल्स पावरको सेयर मूल्य ९५ रुपैयाँले बढेर १ हजार ३२८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.७० प्रतिशतले बढी हो । त्यस्तै दोल्ती पावरको सेयर मूल्य पनि आज ७.४७ प्रतिशत अर्थात् ५८ रुपैयाँ ६० पैसाले बढेर ८४३ रुपैयाँ १० पैसा पुगेको छ ।

आजको कारोबार बन्द हुँदा मध्येभोटेकोशीको सेयर मूल्य पनि २० रुपैयाँ १० पैसाले बढेर ३६४ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.८४ प्रतिशतले बढी हो । त्यस्तै आज बाराही हाइड्रोपावरको सेयर मूल्य पनि ५.७७ प्रतिशत अर्थात् ६१ रुपैयाँ २० पैसाले बढेर १ हजार १२२ रुपैयाँ पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्