काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको अध्यक्षमा सुशील कुमार पाण्डेय नियुक्त भएका छन् । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेयलाई अध्यक्षमा नियुक्त गरेको हो ।
माघ ७ गतेदेखि नै लागु हुने गरी उनलाई अध्यक्षमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्