Skip to content

सुनको मूल्य तोलामा ११ सयले बढ्यो, एकतोला खरिद गर्न १ लाख ५८ हजार १ सय चाहिने

nabil bank

काठमाडौं ।  नेपाली बजारमा मंगलबार सुनको मूल्य फेरि बढेको छ । अघिल्लो दिन १०० रुपैयाँले घटेको सुन आज तोलामा १ हजार १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १ लाख ५७ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ८ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime