काठमाडौं । एनएमबि बैंक लिमटेड कोष प्रबद्र्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल–२ माघ २४ गतेदेखि बिक्रीमा आउने भएको हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब २० करोड रुपैयाँ बरारबको १२ करोड इकाई जारी गर्न लागेको हो । जसमध्ये १ करोड ६८ लाख इकाई कोष प्रबद्धर्क र १२ लाख इकाई योजना व्यवस्थापकलाई छुट्याइएको छ । यसरी बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणमा बिक्री खुला गर्न लागिएको हो ।
यसमा आवेदन दिँदा घटीमा १०० इकाई र बढीमा १ करोड २० लाख इकाई माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आवेदन माघ २८ गतेसम्म दिन सकिनेछ । तर यो अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा फागुन ८ गतेसम्म लम्बिनेछ ।
यस अवधिभित्र कम्तीमा ६ करोड इकाईका लागि आवेदन परेको खण्डमा मात्र इकाई बाँडफाँड गरिनेछ । न्यूनतम आवेदन नपरेमा योजना खारेज गरी लगानीकर्तालाई रकम फिर्ता गरिनेछ । यो १० वर्ष अवधिको बन्दमुखी म्युचुअल फण्ड हो । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयका साथै मेरो सेयर अनलाईन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
यसको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्