काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशकसहित ३ जनालाई अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले बयान दिएका छन् । आयोगले बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठसहित अम्बिकाप्रसाद गिरी र शंकरप्रसाद रिमालसँग बयान लिएको हो ।
गिरी बोर्डका डेपुटी कार्यकारी निर्देशक हुन भने रिमाल निर्देशक हुन् । उनीहरुसँग तत्कालीन अध्यक्ष रमेश हमालले गरेको प्रिमियम मूल्यको आईपीओमा भएको भ्रष्टाचारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । त्यसैको सिलसिलामा उनीहरुसँग बयान लिइएको बताइएको छ ।
यो विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखासमितिले अख्तियारलाई हमालले गरेको भ्रष्टाचारमाथि छानबिन गरी कारबाही गर्न निर्देशन नै दिएको थियो ।
प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने, सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपीओमा गैरकानुनी तरिकाले मूल्य निर्धारण गरी अनुमति दिइएको थियो । तत्कालीन अवस्थामा अध्यक्ष रमेश हमालले बुक बिल्डिङको मूल्य निर्धारण लगायतका प्रक्रियाहरु कर्मचारीहरुले गर्ने र आफूले नीतिगत स्वीकृति मात्रै दिने बताएका थिए। तर, अहिले कर्मचारीहरुले भने सबै दोषजति तत्कालीन अध्यक्ष रमेश हमालको टाउकोमा थोपरेर पन्छिन खोजेका छन् ।
कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ विभिन्न च्यानलहरु जोडेर प्रधानमन्त्री केपी ओलीलाई मुद्दा दर्ता रोक्न लबिङ गर्न पुगेको बताइएको छ । त्यस्तै अन्य कर्मचारीहरु पनि सटिङमा लागेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्