काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी)ले मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले उक्त हकप्रद सेयर (हिजो) माघ ७ गते बाँडफाँड गरेको गरेको हो ।
कम्पनीले कात्तिक ९ गतेसम्म कायम सेयरधनीहरूका लागि ८८.४५ प्रतिशतका दरले जम्मा २ करोड ३४ लाख ६८ हजार कित्ता सेयर अंकित मूल्य १०० रुपैयाँमा बिक्री खुला गरेको थियो ।
बिक्री अवधिभर रितपूर्वक आवेदन दिएका ११ हजार ४६८ जना सेयरधनीलाई २ करोड २९ लाख ७५ हजार ४२३ कित्ता सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्