काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ लाख ५८ हजार १ सय रुपैयाँ कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । मंगलबार एक हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको प्रतितोला आज एक हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्