काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी यो सेयर बिक्रीमा राखिएको हो ।
संस्थापकलाई तोकिएको समयभित्र शेयर बिक्री हुन नसकेको खण्डमा भने सर्वसाधाणले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याइने कम्पनीले जनाएको छ । सेयर खरिदका लागि आवेदन दिन संस्थापक सेयरधनीलाई ३५ दिनको समयावधि तोकिएको छ । इच्छुक संस्थापकले बनेपा–१३, काभ्रेपलाञ्चोकस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
कम्पनीले बिक्रीमा राखिएको सेयर संख्या, सोको मूल्य र बिक्री गर्न चाहने सेयरधनीका नाम लगायतका विवरण भने सूचनामा खुलाएको छैन् ।
प्रतिक्रिया दिनुहोस्