Skip to content
Prabhu

ईभी बजारमा भित्रिएको क्रेटा, मूल्य कति ?

काठमाडौं । हुन्डाई मोटर कम्पनीले प्रमुख विद्युतीय सवारी ब्रान्डहरुसँग प्रतिस्पर्धा गर्ने गरी क्रेटा ईभी एसयूभी सार्वजनिक गरेको छ । विश्व बजारमा निर्यात गर्ने क्रेटा ईभी एसयूभी हुन्डाईले गत साताको शुक्रबार भारतमा सार्वजनिक गरेको हो ।

हुन्डाईले सन् २०१५ मा बजारमा ल्याएको पेट्रोलियम इन्जिनको क्रेटा एसयूभी नेपाल, भारत, श्रीलंकालगायत देशमा चर्चित छ । १० वर्षमा ११ लाखभन्दा बढी पेट्रोलियम क्रेटा बिक्री गरेको कम्पनीले हाल बजारको मागअनुसार क्रेटाको ईभी मोडल ल्याएको हो ।

हुन्डाई इन्डियाको अन्तर्राष्ट्रिय व्यापार विभागका हमेन्द्र सिंहले क्रेटा ईभीलाई अत्याधुनिक प्रविधि तथा डिजाइनसहित गुणस्तरीय प्रोडक्टका रूपमा बजारमा ल्याएको बताएका छन् । उनले पेट्रोलियम क्रेटा जस्तै क्रेटा ईभी एसयूभीले बजारमा नयाँ ‘लिगेसी’ सेट गर्ने अपेक्षा गरिएको बताएका छन् ।

यसै जनवरी १७ मा भारतको नयाँ दिल्लीमा क्रेटा ईभी सार्वजनिक गर्नुअघि कम्पनीले चेन्नईमा टेस्ट ड्राइभको समेत आयोजना गरेको थियो । क्रेटा ईभीको टेस्ट ड्राइभमा नेपाल, भारत, श्रीलंकालगायत देशबाट हुन्डाईका प्रतिनिध, अटो उत्साही, सञ्चारकर्मीलगायतको सहभागीता रहेको थियो ।

उक्त टेस्ट ड्राइभ भारतको चेन्नईदेखि पुडुचेरी (पोन्डिचेरी) सम्म करिब १२० किलोमिटर लामो सडकमा भएको थियो । नेपाली प्रतिनिधिले टेस्टका लागि नेपाल भित्र्याइने तयारीमा रहेको ४२ किलोवाटआवरको ब्याट्री भएको क्रेटा ईभी चलाइएको थियो । यसले ३९० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

चेन्नईबाट पुडुचेरी जाने सडकमा अधिकतम १८५ किलोमिटर प्रतिघण्टा आसपासको स्पिडमा क्रेटा ईभी चलाएको अनुभव ड्राइभ गर्नेहरुको भनाइ थियो । टेस्ट ड्राइभमा १५० किलोमिटर प्रतिघण्टाको गतिमा चलाइएको बताउनेहरु बढी थिए ।

करिब डेढसय किलोमिटर प्रतिघण्टाको स्पिडमा चलिरहेका बेला सडक बत्तीको वार्निङ संकेतलाई रोक्नुपर्ने संकेत हो भनेर झुक्किदा ‘हार्ड ब्रेकिङ’ प्रयोग भएको थियो । त्यस्तो अवस्थामा समेत गाडीको स्टेबिलिटी एवं कन्ट्रोल सामान्य जस्तै महसुस हुँदा क्रेटा ईभीको स्ट्रेन्थ प्रशंसनीय देखिन्छ ।

ड्राइभ गर्ने व्यक्तिसँगै गाडीमा अगाडि÷पछाडि सवार यात्रुले पनि हरेक ड्राइभिङ अवस्थामा कम्फर्ट महसुस गरेको अनुभव सुनाएका थिए । कुनै ठाउँमा निकै व्यस्त सडक, निमार्णको काम भइरहेको र कुनै ठाउँमा निकै खाली सडक हुँदा ड्राइभ अनुभव टेस्ट ड्राइभ जस्तै बनेको थियो ।

टेस्ट ड्राइभ गरिएको सडक हिन्द महासागरसँग जोडिएको वा हिन्द महासागरको उत्तरपूर्वी हिस्सा बे अफ बंगाल अर्थात् बंगालको खाडीको छेउँमा थियो । सडक विभिन्न ठाउँमा समुद्र किनारसँग समेत जोडिएको हुँदा टेस्ट ड्राइभको अनुभव रमाइलो रह्यो ।

शून्यदेखि एकसय किलोमिटरको गति ७.९ सेकेन्डमा दिने गाडी ओभरट्याक गर्न पनि सहज छ । हाइ स्पिड, फुल एसी, म्युजिक, चार्जिङ एवं नयाँ बाटोमा एक किसिमको ‘रफ’ टेस्ट ड्राइभमा समेत गाडीले एक प्रतिशत चार्जको खपतमा औसतमा करिब ३.२५ किलोमिटर रेन्ज दिएको थियो ।

९९ प्रतिशत चार्जबाट सुरु गरिएको ड्राइभमा करिब ११७ किलोमिटरको दुरी नाघ्दा ब्याट्रीको चार्ज ६३ प्रतिशतमा झरेको थियो । यसरी ढुक्कसँगले सबै फिचर प्रयोग गरी गाडी चलाउँदा समेत ३२० किलोमिटरभन्दा बढी रेन्ज दिने देखिन्छ ।

इको, नर्मल र स्पोर्टमध्ये इको मोडमा ड्राइभ गर्दा गाडीले कम्पनीले भनेअनुसार ३८०र३९० किलोमिटरसम्म रेन्ज दिने देखिन्छ ।

भ्वाइस कमान्ड, भ्वाइस कमान्डबाटै सनरुप खोल्न बन्द गर्न सकिने, अगाडिको सिटमा बस्ने र ड्राइभ गर्नेका लागि छुट्टा छुट्टै एसी कन्ट्रोल, भेन्टिलेटेड सिट, चार्जिङ स्टेसनमा पैंसा तिर्न इनकार पेमेन्ट सिस्टम, फोनबाट गाडी अनलक र स्टार्ट गर्न सकिने स्मार्ट कि जस्ता फिचरले गाडीलाई विशेष बनाएको छ ।

लेन किपिङ असिस्ट, साइड लाइटसँग ड्यासबोर्डमा साइड भ्यु देखाउने, आरामदायी सिट, एडास लेभल २ सुविधा, फर्वाड एन्ड ब्लाइन्ड स्पट कोलिजन वार्निङ, स्मार्ट क्रुज कन्ट्रोल लगायत फिचरले गाडीलाई सहज र सुक्षित बनाएको छ ।

टेस्ट ड्राइभका क्रममा क्रेटा ईभी एसयूभी अब्बल रोजाइ हुने अपेक्षा गरिएको छ । हुन्डाईको विरासत र अत्याधुनिक सुविधा एवं बोल्डनेससहित विभिन्न ईभी ब्रान्डका प्रमुख मोडललाई टक्कर दिने गरी आएको क्रेटा ईभीले नेपालमा कस्तो बजार स्थापित गर्छ र ग्राहकले कति रुचाउँछन् भन्ने कुरा हेर्न बाँकी छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal