Skip to content

एकीकृत खानेपानी आयोजना कार्यान्वयन मोडालिटी तयारीसम्बन्धी छलफल

nabil bank

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव तथा एसियाली विकास बैंक (एडिबी) का नेपालका लागि देशीय निर्देशक आर्नो कोस्वाबीच आज एकीकृत खानेपानी आयोजना कार्यान्वयन मोडालिटी तयारीसम्बन्धी छलफल भएको छ ।

उक्त छलफलमा सुधारिएको सहरी खानेपानीको मोडल तथा सुधारिएको क्षेत्रीय सहरी विकास परियोजना (आरयुडिपी) मोडल गरी दुईवटा मोडलका विषयमा छलफल गरिएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले जानकारी दिए ।

उनका अनुसार उक्त परियोजनाका विषयमा विगत दुई वर्षदेखि विषय उठान गरिए पनि आज मन्त्रालयका पदाधिकारी एवं एडिबीका प्रतिनिधिबीच छलफल भएको हो।

छलफलका क्रममा मन्त्री यादवले एडिबीको ऋण सहयोगमा नेपालमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा जीवनशैली परिर्वतन गर्ने क्षेत्रमा ठूला परियोजना सञ्चालन भइरहेकाले एडिबीको काम एवं परियोजनाप्रति नेपाली नागरिक पूर्णरुपमा सन्तुष्ट रहेको बताए ।

नेपालका लागि एडिबीका देशीय निर्देशक आर्नो कोस्वाले एडिबीको ऋण सहयोगमा नेपालमा विगतदेखि खानेपानी लगायतका विभिन्न क्षेत्रमा ठूला परियोजना सञ्चालन भइरहेको तथा एडिबीले सञ्चालन गरेका परियोजना समयमै सम्पन्न भई नागरिकले शुद्ध खानेपानी पाउन भन्ने उद्देश्य रहेको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime