काठमाडौं । कुमारी बैंक र लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल लिमिटेड, पाल्पाबीच कुमारी बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवामा यो विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई ओपीडी टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत, आईसीयु, शल्यक्रिया तथा एक्स–रे÷यूएसजीमा १० प्रतिशत र ल्याब टेस्टमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ एकाइहरुमार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्