Skip to content

केई एक्स–३ प्रो अब ९९ किलोवाटमा उपलब्ध, मूल्य ४३ लाख ९६ हजार

nabil bank

काठमाडौं । लक्ष्मी इमोविलिटीले केई एक्स–३ प्रोको मूल्य घटेको छ । कम्पनीले ९९ किलोवाटको मोटरमा एक्स–३ प्रो नेपाली बजारमा ल्याएसँगै मूल्य समायोजन गरेको हो ।

लक्ष्मी इमोविलिटीले केही समयको लागि भन्दै केई एक्स–३ प्रो मोडलको मूल्य ४३ लाख ९६ हजार रुपैयाँ तोकेको छ । यो मूल्यसँगै कम्प्याक्ट एसयूभी सेग्मेन्टमा एक्स३ प्रो सबैभन्दा कम मूल्यको एसयूभी बनेको छ ।

यसअघि रहेको १२० किलोवाटको मोटरलाई हटाएर कम्पनीले ९९ किलोवाटको मोटरमा ल्याएसँगै यसको मूल्य कम भएको हो । यसमा ५३.६ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री दिइएको छ । यसको पीकटर्क २६० एनएम छ ।

एनइडीसीले ३७० किलोमिटर रेन्ज दिने प्रमाणित गरेको एक्सथ्री–३ प्रोले नेपालकै सडक कन्डिसनमा भने ३०० किलोमिटर माथि रेन्ज दिनेछ । ७ किलोवाट क्षमताको एसी र डिसी चार्जर सपोर्ट गर्नेछ ।

एक्स–३ प्रोको लम्बाइ ४४४३ एमएम, चौडाइ १८३१ एमएम र उचाइ १६४६ एमएम छ । यसमा १८३ एमएम अग्लो प्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । ह्वीलवेस भने २६३२ एमएम लामो छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime