काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरणमा गर्दा लाग्ने ब्याजमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ ।
कम्पनीका अनुसार यो छुट सुविधा माघ १० गतेदेखि २८ गतेसम्मका लागि मात्र रहनेछ । यस अवधिभित्र आफ्नो व्यतित बीमालेख नवीकरण गराएमा ग्राहकले यो छुट सुविधाको लाभ लिन सक्ने कम्पनीले बताएको छ ।
साथै यस्तो छुट सुविधा बीमा अवधिभर एकपटक मात्र पाइने र छुट सुविधाको प्रयोग गरी नवीकरण गरिएका बीमालेख अवधि नपुगी समर्पण भएमा छुट रकम काटिने कम्पनीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्