काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले समस्या धेरै रहेको भन्दै ती समस्यालाई एक–एक गरेर समाधान गरिने बताएका छन् । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्नका लागि अध्यादेश ल्याइएको दाबी गरे । मुलुकको अर्थतन्त्र केही समय अघिदेखि दबाब र चापमा रहँदै आएको उल्लेख गर्दै अर्थतन्त्रका समस्याहरुलाई चिन्दै र समाधान गर्दै अघि बढ्ने कोसिस गरिरहेको बताएका हुन् ।
उनले समग्र अर्थतन्त्रलाई गतिशील, चलायमान बनाउने र उत्पादन, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने अभियानमा तीव्रताका साथ सरकार लागिरहेको बताए । उनले अहिलेको सरकारले कुनै औसत काम गरेर एउटा सरकारको सूचीमा अर्को एउटा सरकार भएर दिन बिताउने पक्षमा नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्