Skip to content
Prabhu

फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी ७.७८ रुपैयाँ

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफामा ३८ प्रतिशतले गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार ३८.४१ प्रतिशतले नाफा घटेको हो ।

कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ८ करोड रुपैयाँ रहेको थियो । गत आवमा १५ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीको चालु आवमा ११ करोड १४ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । कम्पनीको सञ्चालन नाफा समीक्षा अवधिमा ७ करोडमा झरेको छ । गत आवको सोही अवधिमा यस्तो नाफा १३ करोड रुपैयाँ रहेको थियो ।

global
अर्घाखाँची सिमेन्ट

१ अर्ब ३४ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको रिजर्भमा ३० करोड रुपैयाँ सञ्चिति रहेको छ । त्यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ४.८७ रुपैयाँले घटेर ७.७८ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १२५.३३ रुपैयाँ र खराब कर्जा ४.४४ प्रतिशत छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal