काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि १ लाख ६० हजार रुपैयाँ पार गरेको छ । सरकारले १० प्रतिशत भन्सार दर घटाएपछि केही सस्तो भएको सुनको मूल्य पछिल्लो समय फेरि बढ्न थालेको हो ।
शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १ हजार रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन तोलाको १ लाख ५९ हजार ६०० सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ८ सय ७५ रुपैयाँ तोलामा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्