Skip to content
Prabhu

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले हाल बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो ।

बैंकले बिक्रीमा राखिएको सेयर संख्या, सोको मूल्य र बिक्रेताको नाम लगायतका विवरण भने खुलाएको छैन । यद्यपि यस सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने बताएको छ । सेयर किन्न इच्छुक संस्थापकले ३५ दिनभित्र काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

global
अर्घाखाँची सिमेन्ट

यो अवधिभित्र संस्थापकबाट सेयर खरिदका लागि निवेदन नआएमा सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal