काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले ५ लाख बढी कित्ता संस्थाप सेयर बिक्रीमा राखेको छ । कम्पनीले ६ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ५ लाख ३५ हजार ९२७ कित्ता सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई नै दिनुपर्ने प्रावधान भएकाले हाल यो सेयर कम्पनीका विद्यमान सेयरधनीहरूले मात्रै खरिद गर्न सक्नेछन् ।
इच्छुक सेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि निवेदन दिनु पर्नेछ । तोकिएको अवधिभित्र संस्थापकबाट आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्