Skip to content
Prabhu

झापामा ६ महिनाको पुँजीगत खर्च २० प्रतिशत

भद्रपुर । जिल्लाको चालु आर्थिक वर्षको छ महिनामा पुँजीगत खर्च २० दशमलव ४० प्रतिशत भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी मनोज तिम्सिनाका अनुुसार जिल्लाका निम्ति १० अर्ब ५५ करोड ६९ लाख ८३ हजार एक सय १० रुपैयाँ विनियोजन भएकोमा पुस मसान्तसम्म दुई अर्ब १५ करोड ३६ लाख दुई हजार आठ सय ८४ रुपैयाँ खर्च भएको छ । ‘चालुतर्फ विनियोजित १६ अर्ब चार करोड ८९ लाख ४५ हजार रुपैयाँमध्ये ४५ दशमलव २६ अर्थात् सात अर्ब २६ करोड ६३ लाख रुपैयाँ खर्च भएको छ’, उनले भने ।

global
अर्घाखाँची सिमेन्ट

समग्रमा चालु आवको छ महिनामा ४५ दशमलव २६ प्रतिशतअर्थात् नौ अर्ब ४१ करोड ६६ लाख नौ हजार रुपैयाँ खर्च भएको कोष नियन्त्रक तिम्सिनाले बताए । उनका अनुसार समयमै बजेट निकासा हुँदा पनि जिल्लास्थित सङ्घीय कार्यालय तथा स्थानीय तहले पुँजीगत खर्च बढाउन नसकेका हुन् ।

चालु आवको पुस महिनासम्ममा जिल्लाभर नौ अर्ब ८८ करोड २६ लाख ७१ हजार चार सय २८ रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा सबैभन्दा धेरै मेची भन्सार कार्यालयले सात अर्ब ५१ करोड ३५ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal